एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारतसँग नेपाल ९ विकेटले पराजित

राष्ट्रपाटी न्युज

१ श्रावण २०८०

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो ।

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो। २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।


Published :१ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media