काँग्रेस केन्द्रीय सदस्यलाई एक महिना पार्टीको कामबाट छुट्टी

राष्ट्रपाटी न्युज

२ श्रावण २०८०

काठमाडौं । नेपाली काँग्रेस पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ ।

मंगलवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गरेका हुन् ।

उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरेका छन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाई छ ।


Published :२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media