प्राविधिक करार प्रकरणमा ५ सदस्यीय समिति गठन, संयोजकमा भट्टराई

राष्ट्रपाटी न्युज

२ श्रावण २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाले करारमा कार्यरत प्राविधिक कर्मचारीहरुको म्याद थप सम्बन्धि अध्ययन गर्न एक अध्ययन एबम सुझाव समिति गठन गरेको छ।

बूढानिलकन्ठ नगरपालिका शुसासन समितिका संयोजक शम्भु प्रसाद भट्टराईको नेतृत्वमा उक्त समिति गठन गरिएको हो। उक्त समितिका सदस्यहरुमा बूढानिलकन्ठ नगरपालिका पूर्वाधार समिति संयोजक सुरेन्द्र लामा,प्रशासन महाशाखा प्रमुख केदार कुमार खड्का ,योजना अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख महेश प्रसाद पाठक,शहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख सुनिल महर्जन रहेका छन्।

उक्त समितिलाई नगर प्रमुख स्तरीय निर्णय अनुसार करारमा कार्यरत प्राविधिकहरु स्थायी पदपूर्ति भइ नआए सम्मको लागि म्याद थप सम्बन्धमा अध्ययन गरि १५ दिन भित्र सुझाव पेश गर्न समय दिइएको छ।

नगरपालिकाको प्राविधिक शाखाका वारेमा धेरै गुनासो आएको भन्दै केहि समय अघि करार अवधि थप नगरी अर्को प्रक्रियामा जाने कार्यपालिकाले निर्णय गरेको थियो।

असार २४ गते भएको कार्यपालिकाको निर्णय पश्चात केहि कर्मचारीहरु माथि अन्याय हुने तर्क ,तथ्य र सुझावलाई समेत मध्य नजर गर्दै ५ सदस्यीय छानविन समिती गठन गरिएको बताइएको छ।

 


Published :२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media