नयाँ हेडसर नियुक्ति प्रक्रियाले बूढानिलकण्ठका सामुदायिक बिधालयमा तरंग

राष्ट्रपाटी न्युज

३ श्रावण २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको प्रक्रिया शुरु भएपछि सामुदायिक बिधालयमा तरंग उत्पन्न भएको छ । लामो समय देखि प्रअको कुर्सीमा बसिरहेका धेरै हेडसरहरुको कुर्सि हल्लिएपछि नगरपालिका भित्रका हेडसरहरुमा तै चुप मै चुपको अबस्था सिर्जना भएको छ।

नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाले सुचना प्रकासित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरु संग आवेदन माग गरेको छ।

महाशाखा प्रमुख ललित विक्रम सिंहले जारी गरेको सुचनामा इच्छुक उम्मेदवारले सुचना प्रकासित भएको मितिले १५ दिन भित्र आवेदन दिन आग्रह गरिएको छ।

यसैबीच बूढानिलकन्ठ नगरपालिका भित्रका धेरै बिधालयहरुको बिधालय व्यबस्थापन समितिको म्याद समेत सकिने क्रम शुरु हुन थालेको छ।नयाँ व्यबस्थापन समिति गठन प्रक्रिया समेत शुरु नहुने र हेडसर समेत फेरिने अवस्था आएपछि बिधार्थी ,अभिभावक एबम शिक्षा क्षेत्रमा व्यापक अन्यौल सिर्जना हुने अवस्था आएको शिक्षकहरुको भनाइ छ।


Published :३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media