एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री संलग्न रहेको सांसद भट्टराईको आरोप

राष्ट्रपाटी न्युज

४ श्रावण २०८०

काठमाडौ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिव एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् ।

सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरु नै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताए । उनले सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भईरहेको समेत बताए ।

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको बताए ।


Published :४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media