काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम आएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम आएको बताए ।
उनले सुन तस्करीमा गृहमन्त्रीको नाम आएकाले राजीनामा माग्नुपर्ने बताए ।
‘ठूलो ठूलो कुरा गर्नु हुन्थ्यो गृहमन्त्री नारायणकाजी । आज उहाँको नाम आएको छ, ‘उनले भने,’ उहाँको विषयमा राजीनामा माग्न जाऔं । को को मान्छे सुन तस्करीमा छन् । छानविन गर्ने कि नगर्ने?’ यस विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ?
सुन प्रकरणको सत्यतथ्य छानविन गरी छिटोभन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।