महामन्त्रीहरूको प्रतिवेदन एनजीओको दस्तावेज जस्तोः आरजु राणा

राष्ट्रपाटी न्युज

५ श्रावण २०८०

काठमाडौं । नेपाली कांग्रेस सदस्य डा. आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन एनजीओको दस्तावेज जस्तो रहेको टिप्पणी गरेकी छन् ।

पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा राणाले महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन दूरगामी असर पर्ने खालको नभएको जिकिर गरिन् ।

उनले महान्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने या देशलाई हाँक्ने कुरा नभएको बताइन् । उनले थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्ने  बताइन् । राणाले पार्टीले क्रियाशील सदस्य हुनुभन्दा अगावै पार्टीको विचार नीति र सिद्धान्तका विषयमा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिइन् ।

पार्टीको सदस्यता वितरण लथालिंग भएको भन्दै व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ ।


Published :५ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media