विराटनगर । पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन् । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन् ।
लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले थप टिप्पणी नगर्ने बताए ।
विमानस्थलबाट भन्सार पास भएपछि सुन समातिएकाले राष्ट्रिय युवा संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करलाई साथ दिएको आरोपमा राजीनामा मागेको सन्दर्भमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको स्पष्ट पारे । उनले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविकता नबुझी राजीनामा नमाग्ने धारणा राखे।
लामिछानेले वास्तविकता थाहा पाएसकेपछि मात्रै सडक र सदनमा कुरा गर्ने बताए। लामिछानेले उठाएका विषयलाई प्राथमिकता दिन आग्रह गरे। उनले उनले सरकारले जुनसुकै अपराध गरेर राजनीतिमा आए पनि छुट दिने प्रावधान ल्याएकाले आफूहरुले संसदमा विरोध गरेको स्पष्ट पारे ।