काठमाडौं । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपाल केन्द्रिय समितिले विभिन्न माग राखी आज राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ ।
करिब ८–९०० जना लघुवित्त पीडितहरु माइतीघरमा जम्मा भइ राष्ट्र बैंकबालुवाटर गएका हुन् । भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए ।
लघुवित्तको ऋण मिनाहा हुनुपर्ने, लघुवित्तहरु खारेज गर्नुपर्ने, किसानलाई विनाधितो सहज ऋण प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राख्दै संघर्ष समितिले प्रदर्शन गर्दै आएको छ ।