छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छः वामदेव गौतम

राष्ट्रपाटी न्युज

७ श्रावण २०८०

काठमाडौ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।

आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन् । उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए । उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरु मिलेर मात्रै सम्भव रहेको बताए ।

उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरु एउटा मोर्चामा आउन जरुरी रहेको बताए । उनले समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्यलगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताए ।


Published :७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media