प्रधानमन्त्री दाहालले आज राष्ट्रसंघका महासचिव र बंगलादेशकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

राष्ट्रपाटी न्युज

८ श्रावण २०८०

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा आज बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।

दुवै भेटवार्ता इटालीको राजधानी रोममा हुनेछ ।

उनले आज पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ ।


Published :८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media