भ्रष्टहरुको भ्रुण तुहिने गरी कारबाही गर्नुपर्छः महासचिव भुसाल

राष्ट्रपाटी न्युज

८ श्रावण २०८०

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।

अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिले नै भ्रुण तुहिने गरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाई थियो ।

उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न भने हरेक पार्टीभित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताए । महासचिव भुसालले समाजवादको यात्रालाई ठिक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टीलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकिर गरे ।


Published :८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media