केही नेपाल ऐन संशोधन विधेयक परिमार्जन गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

८ श्रावण २०८०

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन गर्ने विधेयकप्रति आफू सचेत र जिम्मेवार रहेको बताएका छन् ।

उनले आफूले सरकारले दिएको भारी संसदमा लगेर बिसाएको र संसदमा विधेयकको धारा ६४ मा धेरै संशोधन परेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्दै अघि बढ्न सकिने बताए ।

सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उनले विधेयकको धारा ६४ मा धेरै सांसदहरुले संशोधनको प्रश्ताव राखेको बताउँदै आफूले चामलको बोरामात्रै खोलेको र बोरा खोल्दा बियाँ र भुस हुने बताए । उनले आफ्नो चाहना चामल मात्रै होस् भन्ने भए पनि सिधै बोराको चामल पकाएर खान नसकिने र विधेयकको छाँटकाँट गरेर अघि बढ्नुपर्ने तर्क गरे । उनले विधेयकमा नराम्रो कुरा रहेको भए संशोधन हुने प्रतिवद्धता जनाए ।

उपसभापति गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताए । उनले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गरे ।


Published :८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media