काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता छ कि छैन जवाफ दिनुपर्ने बताएका छन् ।
कम्बोडियाबाट स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सानोतिनो संलग्नताले सुन बाहिरिन नसक्ने दाबी गर्दै गृहमन्त्रीले यसको जवाफ दिनुपर्ने बताएका हुन्।
विमानस्थलबाट सुन बाहिरिनु भनेको गृहमन्त्रीको गैह्र जिम्मेवारीपन भएको उनले टिप्पणी गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो भन्दा परिमाणको सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको थियो ।