भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः कांग्रेस नेतृ राणा

राष्ट्रपाटी न्युज

९ श्रावण २०८०

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले आफूमाथि मिडिया ट्रायल गरिएको गुनासो गरेकी छन् ।

जनकपुरधाममा मंगलबार कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि मिडिया ट्रायल भएको बताइन् । उनले मिडियाबाट आफूमाथि आक्रमण भएको बताइन् ।

नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताइन् ।

उनले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुबै गर्न सुझाव दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, मधेस प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहका साथै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


Published :९ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media