भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए काँग्रेसको औचित्य समाप्तः शेखर कोइराला

राष्ट्रपाटी न्युज

९ श्रावण २०८०

काठमाडौं । नेपाली काँग्रेसका नेता डा‍ शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताएका हुन् । उनले जता हे-यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताए ।

उनले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताए । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताए । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए ।

उनले काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गरे ।


Published :९ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media