बूढानिलकण्ठ नगरपालिकाका दुइ जना महत्वपूर्ण अधिकृतहरुको सरुवा

काठमाडौं। बूढानिलकण्ठ नगरपालिकामा दुइ जना महत्वपूर्ण अधिकृतहरुको सरुवा भएको छ। बूढानिलकण्ठ नगरपालिका कार्यालय हात्तिगौडामा कार्यरत आर्थिक महाशाखा प्रमुख मिन राज खड्काको कागेश्वोरी मनोहरा नगरपालिकामा सरुवा भएको बताइएको छ भने उनको सट्टामा सिन्धुपाल्चोकबाट केदार देवकोटा सरुवा भएर आएका छन्।

त्यसै गरि शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत इन्द्र दाहालको समेत सरुवा भएको छ। उनि काठमाडौं महानगरपालिकामा सरुवा भएका छन्।

धेरै लामो समय पश्चात बूढानिलकण्ठ नगरपालिकामा कर्मचारीहरुको सरुवा भएको हो।


Published :साउन ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media