सुदूरपश्चिममा मन्त्रालय भागबन्डा विवाद, नागरिक उन्मुक्ति सरकारमा नजाने

राष्ट्रपाटी न्युज

९ श्रावण २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशमा पदको भागबन्डा अझै मिलेको छैन । नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा मन्त्री, राजमन्त्री तथा विषयगत समितिको भागबन्डा नमिलेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीले भागबन्डा नमिलेको भन्दै सरकारमा नजाने बताएको छ । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष तथा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरु सरकारमा सहभागी नहुने बताएका छन् ।

संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रहेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ –‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवन्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ।’

नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्रीलाई मंगलवार प्रदेश सरकारमा पठाउने चर्चा थियो । तर अध्यक्ष चौधरीले भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई पठाएकी हुन् । नागरिक उन्मुक्तिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो ।

मन्त्री सिफारिसपछि उन्मुक्तिभित्र असन्तुष्ट बढेपछि प्रदेश सभा सदस्यहरुले नियूक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसँग अनुरोध गरेको हो ।


Published :९ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media