सुनतस्करी छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग

राष्ट्रपाटी न्युज

१० श्रावण २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।

सरकारको संरक्षकमा सुन तस्करी भइरहेको दाबी गर्दै एमाले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।


Published :१० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media