काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरु सामेल भएको बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताएका हुन् । उनले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो सुन तस्करीको घटना नयाँ नभएको बताए ।
उनले सरकारले सुन तस्करीको मुख्य अपराधीलाई समातेर नेपाली जनतालाई देखाउनुपर्ने बताए ।
अध्यक्ष केसीले नेपालललाई चीन, भारत र नेपालका अपराधीहरु मिलेर अपराधको ‘ट्रान्जिट पोइन्ट’ बनाएको बताए ।