सरकारकै संलग्नतामा सुनतस्करी भएको छः सचिव महासेठ

राष्ट्रपाटी न्युज

१० श्रावण २०८०

काठमाडौं । नेकपा(एमाले)का सचिव तथा सांसद रघुवीर महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव महासेठले सुन काण्डमा प्रधानमन्त्रीको संलग्नताको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

उनले सुन तस्करीमा सरकारको अनुसन्धान मालिकसम्मै पुग्नुपर्ने भन्दै मुख्य मालिक सरकार प्रमुख पनि हुनसक्ने बताए । उनले सरकार प्रमुखको संलग्नता छ कि सम्बन्धित मन्त्रीका मान्छेहरु छन् भन्नेमा छानविनले नै देखाउने बताए ।

उनले सरकारले चाहेको भएमा तस्करी गरिएको सुन भन्सारबाट पास नै नहुने बताए । उनले सरकारकै संलग्नता र निर्देशनमा सुन बाहिर आएको दाबी गरे । उनले सुन काण्डमा सरकार नियतवश आफैँ संलग्न रहेको बताए ।


Published :१० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media