मोसो दल्नेको सदस्यता स्वतः खारेजः कांग्रेस

राष्ट्रपाटी न्युज

१० श्रावण २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रिय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताए ।

उनले सरकारले थालेको भ्रष्टाचार बिरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको बताए । उनले काँग्रेस केन्द्रिय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको बताए । उनले बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको पनि बताए ।

स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको पनि बताए । बैठकले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिवासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले बताए ।


Published :१० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media