काठमाडौं । राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ टेबल भएको छ ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबल गरे ।
राष्ट्रिय सभाबाट आज नै यो विधेयक पारित गर्ने तयारी छ । सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।