बूढानीलकण्ठमा फेरी अर्को लफडा, एक लाख रुपैयाँ घुस लिएका प्रहरी वरिष्ठ हवल्दार पक्राउ

राष्ट्रपाटी न्युज

साउन ११, २०८०

काठमाडौं। सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ परेका छन्। प्रहरी प्रभाग बूढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापनको सहजीकरण गरेवापत सेवाग्राहीबाट सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सिंहलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिइएको हो ।

 


Published :साउन ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media