काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय राजनीतिक उद्देश्यका निम्ति प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने गलत संस्कार बस्दै गएको बताएका छन्।
इटालीको भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले हत्त न पत्त राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताए ।
प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देउ नभए संसद चल्न दिदैनौं भनेर पहिल्यै घोषणा गर्नू राम्रो नभएको बताए। स्पष्टीकरणको मौका नै नदिइ एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको उनको भनाइ छ ।
उनले इटाली भ्रमण नेपालको राष्ट्रिय हितमा महत्वपूर्ण रहेको बताए ।