कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको छः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१२ श्रावण २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस माओवादीको इशारामा चलेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको बताए । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको कान समातेर डोर्‍याएको उनको भनाइ छ ।

उनले कांग्रेस लोकतन्त्रको पक्षमा उभिन नसकेको आरोपसमेत लगाए । त्यतिमात्र होइन कांग्रेस भ्रष्टाचारविरुद्ध उभिन नसकेको अध्यक्ष ओलीले बताए ।

ओलीले भने, ‘कांग्रेसका राम्रा नराम्रा दुवै पक्ष छन्। तर बहुतै डर लाग्दा नराम्रा पक्ष छन्। कांग्रेस लोकतन्त्रको पक्षमा छैन। भ्रष्टाचारविरुद्ध पनि उभिँदैन।’ उनले अगाडि भने, ‘मुसाले मौका पर्दा चुइँक्क गर्छ तर कांग्रेस गर्दैन । के भएको कांग्रेस? हेर्दाहेर्दै हेर्नुस् त ।’


Published :१२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media