सहि ढंगले उपयोग नभएको भन्दै कपन रेडक्रस भवनमा तालावन्दी

राष्ट्रपाटी न्युज

साउन १३, २०८०

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको कपन रेडक्रस उपशाखाको भवनमा तालावन्दी गरिएको छ। कपन रेडक्रसको उक्त भवन सहि ढंगले उपयोग नभएको, केही व्यक्तिको मात्र मनोमानी रहेको र राज्यको लगानी बालुवामा पानी हाले जस्तो खेर गएको भन्दै उपशाखाकै केही पदाधिकारी एबम सदस्य सहित स्थानीयले उक्त भवनमा तालाबन्दी गरेका हुन् ।

उक्त भवनको तल्लो तल्लामा वडा नं १२ ले शहरी स्वास्थ्य केन्द्र संचालन गर्नका लागि स्थान माग गरेको थियो । तर उक्त छलफल  निस्कर्षमा नपुग्दा तालावन्दी गर्नुपर्ने अबस्था आएको स्थानीयको भनाइ छ ।

उक्त तालावन्दी कार्यक्रममा स्थानीय शिवनगर टोल सुधार समिति , लाली गुराँस टोल सुधार समितिका सदस्य तथा पदाधिकारी सहित ठूलो मात्रामा  स्थानीयवासीहरुको सहभागिता रहेको थियो।


Published :साउन १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media