लगानी बोर्डलाई चुस्त र प्रभावकारी संस्थाका रूपमा विकास गरिने छः  प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

१४ श्रावण २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् ।

आइतवार बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आब २०७९/८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका थिए । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुवातमा बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था बमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानूनी तथा संस्थागत सुधारको खाँका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधारमा परियोजना निर्माणमा कि इन्ष्टिच्यूडका रूपमा विकास गर्ने सोंच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेकोे विश्वास व्यक्त गरेका छन् ।

समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा लगानी बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महशसु गरेको बताउँदै प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पुर्याउन आग्रह गरेका थिए ।


Published :१४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media