बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेशनले भर्खरै सम्पन्न एसइई परिक्षामा उत्रिण बिधार्थीहरु तथा अभिभावकहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ। राजधानीको बौद्वस्थित एक होटलमा आयोजना गरिएको एक भव्य समारोहमा बिधालयले सम्मान कार्यक्रम आयोजना गरेको हो।
सम्मान कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,वडाध्यक्षहरु नवराज भट्टराई ,राजु अधिकारी ,शम्भु प्रसाद भट्टराई ,बिभिन्न बिदेशी पाहुनाहरु, समाजका विशिष्ट व्यक्तित्वहरु ,पत्रकारहरु , विधालयका बिधार्थी तथा अभिभावकहरु ,शिक्षक तथा कर्मचारीहरु लगायतको खचाखच उपश्थिति रहेको थियो।
कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने ४० जना बिधार्थिहरु र तिनीहरुका अभिभावकहरु ,शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो।भर्खरै सम्पन्न एसइइ परिक्षामा ४० जना बिधार्थी मध्य ३८ जना बिधार्थीले ३.६ भन्दा धेरै GPA ल्याउन सफल भएका थिए।
कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,वडाध्यक्षहरु राजु अधिकारी र शम्भु प्रसाद भट्टराईले आफ्नो मन्तव्य राखेका थिए भने विधालयका प्रवन्ध निर्देशक चित्र दाहालले बिधालयको योजना, फरक र आधुनिक पठनपाठन शैली लगायतको बारेमा प्रकाश पारेका थिए।
समारोहमा बिधार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुति सहित बिबिध प्रतिभा समेत प्रस्तुत गरेका थिए।
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौं जिल्लाको विश्लेषण अनुसार यस बर्षको एसइइ परिक्षामा औशत जीपीएका आधारमा यो बिधालय काठमाडौ जिल्लामा चौथो स्थान हासिल गर्न सफल भएको छ ।