निब्स कलेज मन्डिखाटारमा कक्षा ११ मा भर्ना गर्ने क्रम जारी

राष्ट्रपाटी न्युज

१४ श्रावण २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाइस्कुल (निब्स) कलेजमा कक्षा ११ मा भर्ना खुलेको छ। ” मन्डीखाटारको शान, निब्सको पहिचान ” भन्ने भावना सहित बिगत १८ बर्ष देखि शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउदै आएको यस बिधालयमा कक्षा ११ मा बिज्ञान र व्यबस्थापनका बिभिन्न बिषयमा भर्ना खुलेको विधालयका प्राचार्य डि एन महत्तोले जानकारी दिएका छन्। बिधालयमा भौतिक संरचना उत्कृष्ट रहेको बताउंदै उनले बूढानिलकण्ठ क्षेत्रमै उत्कृष्ट प्राकृतिक एबम शैक्षिक वातावरण बिधालयमा रहेको दावी समेत गरेका छन्।

आफूहरु भिडभाडमा भन्दा गुणस्तरमा बिश्वास गर्ने शैक्षिक संस्था भएकोले बिगत लामो समय देखि अभिभावकहरुको माया र साथ पाइरहेको बताउँदै उनले भर्खरै सम्पन्न एसइइ परिक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन्। भर्खरै सम्पन्न एसइइ परिक्षामा उत्रिण बिधार्थिहरुलाई सम्पूर्ण विश्वासका साथ निब्स कलेजमा भर्ना गर्न र आफ्नो सुन्दर भविश्य कोर्ने वाटो तय गर्न प्राचार्य महत्तोले आग्रह गरेका छन्।


Published :१४ श्रावण २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media