विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि मंगलबार साँझसम्मको समय दिएका छन् ।
माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको बताए ।
प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिने पनि उनले बताए । मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने आङ्बोले बताए ।
सभामुख गौतम काठमाडौंबाट मंगलबार नै विराटनगर फर्किँदैछन् । उनी ३ बजे फर्किने जानकारी पाएका सत्तारुढ गठबन्धनका नेताहरु उनलाई पर्खिरहेका छन् ।