मन्त्रिमण्डल विस्तारमा सत्तारुढ दलभित्रै विवादपछि कोशीका मुख्यमन्त्रीको सपथ स-यो

राष्ट्रपाटी न्युज

१७ श्रावण २०८०

काठमाडौँ । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ। मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद भएपछि साँझ ५ बजेसम्म सारिएको हो ।

मंगलबार मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले आज बिहान साढे १० बजे शपथग्रहणको कार्यतालिका बनाएको थियो। तर गठबन्धनमा भागबन्डा नमिल्दा शपथग्रहणको समय सारिएको छ । आज सत्ता गठबन्धनमा आबद्ध दलबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी थियो ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोसीका नेता थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो। सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएका थिए। सभामुख गौतमले राजीनामा दिन आनाकानी गरे पनि अन्त्यमा उनी कन्भिन्स भएको गठबन्धनका नेताहरूले बताएका छन् ।


Published :१७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media