कोसीमा मन्त्री भागबण्डामा सहमति, मुख्यमन्त्रीको सपथ बेलुका ५ बजे

राष्ट्रपाटी न्युज

१७ श्रावण २०८०

काठमाडौँ । कोसी प्रदेशमा मन्त्री भागबण्डामा सत्ता गठबन्धनबीच सहमति भएको छ। पहिलो चरणमा कुन पार्टीका कसलाई मन्त्री बनाउने विषयमा सहमति भएको हो ।

सहमतिसँगै विहान रोकिएको मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने तय भएको छ।

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको छ ।

सहमतिअनुसार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री हुने भएका छन्। उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ। सहमति पछि आजै सपथ ग्रहण कार्यक्रम हुने भएको छ ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुनेछन्। नेपाली काङ्ग्रेसका प्रदिप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ। थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ ।


Published :१७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media