सुदूरपश्चिमका नवनियुक्त दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

राष्ट्रपाटी न्युज

१७ श्रावण २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्य मन्त्रीले शपथ लिएका छन् ।

नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका हुन् ।

कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टी कैलाली – १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।


Published :१७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media