सर्वोच्चमा मुद्दा हाल्ने बूढानिलकण्ठका एक जना मात्रै हेडसर, बाँकी सबै निमित्त (सुचिसहित )

राष्ट्रपाटी न्युज

साउन १८, २०८०

बूढानिलकण्ठ। केहि दिन अघि बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै विज्ञापन आब्हान गरेको थियो। उक्त नीतिलाई कार्यान्वयन गर्न भन्दै प्रधानाध्यापक छनोट तथा पदस्थापना कार्यविधि २०८० समेत जारि गरिएको थियो।

यस निर्णय विरुद्व बूढानिलकण्ठ क्षेत्रका कार्यरत प्रधानाध्यापकहरुले सर्वोच्चमा मुद्वा हालेका थिए। उक्त मुद्वाको प्राम्भिक सुनुवाई पश्चात सर्वोच्चले तत्काल अन्तरिम आदेश जारि गर्दै प्रक्रिया रोक्न आदेश दिएको थियो।

बूढानिलकण्ठ नगरपालिकाले स्थानीय सरकार संचालन ऐन बमोजिम ऐन नबनाई कार्यविधि बनाएको हुँदा अन्तरिम आदेश जारि गर्नु परेको आदेशमा उल्लेख गरिएको छ।

यसैबीच सर्वोच्च अदालतमा मुद्दा हाल्ने बूढानिलकण्ठ नगरपालिकाका १८ जना मध्य एक जना मात्र पूर्ण प्रधानाध्यापक रहेको तथ्य खुलेको छ। उक्त तथ्य अनुसार गणेश मावि चपलीका प्रधानाध्यापक मिम काजि श्रेष्ठ मात्र पूर्ण प्रधानाध्यापक रहेका छन्। बाँकी सबै १७ जना निमित्त प्रधानाध्यापक रहेका छन्।

यसैबिच बालउद्दार मावि बूढानिलकण्ठ १० का प्रधानाध्यापक बिनोद पण्डित भने यो मुद्दा प्रक्रियामा सहभागी छैनन्। उनि करिव एक बर्ष अघि भएको नमुना बिधालय अन्तर्गत प्रधानाध्यापक छनोट परीक्षा मार्फत नियुक्त भएका हुन।


Published :साउन १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media