कोशी, गण्डकीलगायत चार प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

२० श्रावण २०८०

काठमाडौं । शनिबार देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Published :२० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media