युक्रेन-रुस वार होस् कि जुनसुकै नेपाल तटस्थ रहनुपर्छः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

२० श्रावण २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् ।

शनिबार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिका विषयमा एमालेको धारणा राख्दै ओलीले नेपालको नीति कतै ढल्कनेतर्फ लिन नपर्ने धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुँदैनौं । बाह्य सेना यहाँ राख्ने कुरा हुँदैन । हामी अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत गर्दा, तालिम गर्दा पनि हामी छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्छौं।’

ओलीले नेपाल कुनै पनि पक्षधरता देखाउनु नपर्ने भएकाले शान्तिका लागि तटस्थ बस्नुपर्ने बताए । उनले भने, ‘युक्रेन-रुस वार होस् कि जुनसुकै होस्। शान्ति र न्यायको पक्षमा नेपाल रहनुपर्छ । कसैको पक्ष लिनु आवश्यकता छैन।’

उनले वर्तमान सत्ता गठबन्धनलाई लक्षित गर्दै भारतसमेत तटस्थ रहँदा नेपालले कुनै पक्षधरता देखाउनु आवश्यक नभएको बताए ।

उनले युद्धबाट लाभ लिन्छु भनेर कसैले सोच्छ भने त्यो भ्रम मात्र हुने बताए । उनले कहिँ द्वन्द्व देखिन्छ भने तटस्थताको नीति अवलम्बन गर्ने उल्लेख गरे ।


Published :२० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media