माओवादी बैठकमा मन्त्रीहरूको कार्यशैली र व्यवहारको कडा आलोचना

राष्ट्रपाटी न्युज

२० श्रावण २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक चौथो दिन पनि जारी रहेको छ ।

प्रज्ञाभवन कमलादीमा जारी बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखिरहेका छन् ।

मंसिरमा गर्ने भनिएको विधान अधिवेशन, समसामयिक राजनीतिक, पार्टी नेतृत्व र सरकारले गरेका कामका बारेमा छलफल केन्द्रित रहेको छ ।

केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ ।  बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ। माओवादी केन्द्रको केन्द्रीय सदस्यमा २२ जना महिलालाई थप गरेको छ।

बोलेका नेताहरूले माओवादी नेतृत्वको सरकारको कामको प्रशंसा गरेका छन् भने पार्टीबाट मन्त्री बनेका नेताहरूको कार्यशैली र व्यवहारको कडा  आलोचना गरेका छन् । पार्टी निर्माण प्राथमिकतामा हुनुपर्नेमा नेताहरूले बैठकमा जोड दिएका छन् ।


Published :२० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media