सुनतस्करी प्रकरणमा सरकारले जात्रा देखायोः गुरु घिमिरे

राष्ट्रपाटी न्युज

२० श्रावण २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले एक सय किलो सुन तस्करी प्रकरणमा सरकारले जात्रामात्रै देखाएको आरोप लगाएका छन् । सरकारले अहिलेसम्मका बिभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको उनको आरोप छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने काम मात्रै गर्न नहुने बताए । यस्ता प्रकरणमा सरकारले जात्रा देखाउने काममात्र नगरेर टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताए ।

७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचार बढ्नु र जनताले सरकार नै नभएको महसुश गर्नु चिन्ताको विषय भएको बताए ।

‘स्वास्थ्य सेवा विभागले ३ सय ४५ करोडको सामान खरिद गरेको रहेछ गत वर्ष त्यसमा झन्डै २ सय करोड जति भ्रष्टाचार हुने किनभने ५ लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ । यसमा ६० प्रतिशतभन्दा बढि भ्रष्टाचार भएको छ । औषधि माफियासँग मिलेर बील तयार गरिने रहेछ,’ उनले भने ।


Published :२० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media