माओवादीविरुद्ध घेराबन्दी र नेताहरुलाई जेल हाल्ने कुराप्रति सचेत हुनुपर्छः प्रचण्ड

राष्ट्रपाटी न्युज

२१ श्रावण २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरूलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए ।


Published :२१ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media