अवरुद्ध संसद खुलाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

राष्ट्रपाटी न्युज

२२ श्रावण २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज संसद बैठक बस्नु अघि मध्याह्न १२ बजे आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामुख घिमिरेले हिजो संसदको गतिरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको थियो ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका कारण साउन १० देखि संघीय संसदका दुवै सदन अवरुद्ध छन् ।


Published :२२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media