प्रतिपक्षी दल एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रपाटी न्युज

२२ श्रावण २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।


Published :२२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media