प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, भोलि दिउँसो ३ बजे बस्ने

राष्ट्रपाटी न्युज

२२ श्रावण २०८०

काठमाडौं । प्रतिनिधि सभाको आज बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सूचना टाँस गरेर मंगलबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्‍थगित गरिएको जानकारी दिए ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताबीच संसद खुलाउने विषयमा छलफल चलेको थियो । छलफलमा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानलाई कायमै राखेको छ ।


Published :२२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media