पुष्पलाल स्कुलको फेरी अर्को रेकर्ड ,एसइइ परिक्षामा ३ जनाको ४ जीपीए

राष्ट्रपाटी न्युज

साउन २२, २०८०

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा रहेको पुष्पलाल मेमोरियल स्कुलबाट शैक्षिक सत्र २०७९ को एसइइ परिक्षामा थप १ जनाले ४ जीपीए ल्याएपछि ४ जीपीए ल्याउने बिधार्थीको संख्या ३ पुगेको छ।

नियमित परिक्षामा दुई जना विद्यार्थीहरुले जिपिए ४ ल्याएको सो विद्यालयका अर्का एक छात्रले पुनर्योगमा जिपिए ४ ल्याए संगै पुष्पलाल एउटै विद्यालयबाट सबैभन्दा धेरै ४ जीपीए ल्याउने विद्यालय बन्न सफल भएको छ ।

एसइइको नतिजा प्रकाशन हुँदा पहिले नै दुईजना विद्यार्थी आर्जु अर्याल र सम्राट आचार्यले ४.० जि. पी. ए. प्राप्त गरेका थिए भने हालै गरिएको पुनर्योगबाट अविरल दाहालले पनि ४ जि. पी. ए. प्राप्त गरेपछि पुष्पलाल मेमोरियल माध्यमिक विद्यालय सबैभन्दा धेरै ४ जिपीए ल्याउने विद्यालय बनेको हो ।

पहिले नै ३.९५ जि. पी. ए. प्राप्त गरेका अविरल दाहालले अंग्रेजी विषयको प्राप्ताङ्कमा चित्त नबुझेर पुनर्योग गर्दा ४ जिपीए ल्याउन सफल भएको विधालयका प्रिन्सिपल नारायण बाबु तिम्सिनाले जानकारी दिएका छन् ।


Published :साउन २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media