केपी वलीको प्रमुख आतिथ्यतामा गुरु लुइटेल प्रतिष्ठानले भव्य कार्यक्रम गर्ने

राष्ट्रपाटी न्युज

साउन २२, २०८०

काठमाडौं। सहिद गुरु प्रसाद लुइटेलको सम्मानमा स्थापना गरिएको गुरु लुइटेल अध्ययन तथा बिकास केन्द्र नेपालले आफ्नो पाँचौ साधारणसभा सम्पन्न गर्न विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के पी शर्मा वलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गैरहेको कार्यक्रममा “समृद्ध नेपाल सुखी नेपाली- देश बिकासको मार्ग चित्र ” बिषयक अन्तर्कृया कार्यक्रम संचालन गरिने केन्द्रका अध्यक्ष फडिन्द्र लुइटेलले जानकारी दिएका छन् । द्वन्द्वपिडितलाइ संक्रमणकालिन न्याय कहिले भन्ने विषयमा समेत सहभागीहरु बीच गम्भीर छलफल हुने अध्यक्ष लुइटेलले बताएका छन् ।

यहि श्रावण २७ गते शनिवार दिनको १ बजे सुर्य क्याटरिङ्ग धुम्बाराहीमा आयोजना गरिने कार्यक्रममा शिक्षाप्रेमी ,समाजसेवी ,बुद्विजिवी, मानव अधिकारवादी,द्वन्द्वपीडित, पत्रकार ,राजनीतिकर्मी लगायतको उपश्थिति रहने आयोजक प्रतिष्ठानले जानकारी दिएको छ।

 

 


Published :साउन २२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media