आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक पनि बस्दै

राष्ट्रपाटी न्युज

२४ श्रावण २०८०

काठमाडौँ । आज संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राइले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्यययन प्रतिवेदन २०८० बैठकमा पेश गर्ने छिन् ।


Published :२४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media