जातका आधारमा घृणा पैदा भए देशको अस्तित्व समाप्त हुन्छः केपी ओली

राष्ट्रपाटी न्युज

२५ श्रावण २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा पैदा भएमा देशलाई जोगाउन नसकिने बताएका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशको अस्तित्व समाप्त हुने बताएका छन् ।

पहिचान देशको हितका लागि हुनुपर्ने भन्दै उनले पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको बताए ।


Published :२५ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media