कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

राष्ट्रपाटी न्युज

२५ श्रावण २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

प्रहरीले डा.शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । शर्मा मोरङ क्षेत्र नम्बर- ३ बाट गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट  निर्वाचित भएका थिए ।


Published :२५ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media