गृह र अर्थमन्त्रीविरुद्ध बोलेकै कारण सांसद शर्मा पक्राउ परेको ओलीको आरोप

राष्ट्रपाटी न्युज

२६ श्रावण २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद सुनिल शर्मा पक्राउ परेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको बताएका हुन् ।

सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको उनको आरोप छ । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको आरोप लगाए। त्यस्तै, उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरुले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले समाजलाई सफा गर्नका लागि सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने समेत बताए ।


Published :२६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media