शिक्षा ऐन जारी गर्न माग गर्दै ८ विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

राष्ट्रपाटी न्युज

२७ श्रावण २०८०

काठमाडौं । सरकारले शिक्षा ऐन जारी गर्न ८ विद्यार्थी संगठनले दबाब दिने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको अखिल (क्रान्तिकारी), नेत्र चापागाई को नेतृत्वको नेसवियू, मिलन राई नेतृत्वको अखिल (क्रान्तिकारी), मनिष भट्टराई नेतृत्वको अनेरास्वियू, करण बुढा क्षेत्री नेतृत्वको वैसविसं, विवेक शाह नेतृत्वको आम विद्यार्थी मोर्चा, सुमित मिश्रा नेतृत्वको विद्यार्थी जनमत संघ, पवित्रा आचार्य नेतृत्वको अखिल पाँचौंले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २ बजे माईतिघर मण्डलामा हुने ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने प्रवक्ता उपदेश यादवले बताए ।


Published :२७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media